जबरजस्ती करणी अभियोगमा दुई जना पक्राउ

  • शनिबार २३ साउन २०८३ ११:३३ AM
काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोगमा बाँके र काठमाडौँबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बाँकेमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया मधुवन नगरपालिका-१ बस्ने १९ वर्षीय विशेष न्यौपाने शुक्रबार साँझ पक्राउ परेका हुन्। विशेषले ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई बैजनाथ गाउँपालिका-५ बाट नियन्त्रणमा लिएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। त्यसैगरी जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी महोत्तरी बर्दिबास नगरपालिका-१ घर भई काठमाडौँ चन्द्रागिरी नगरपालिका-५ बस्ने ४८ वर्षीय अच्युत्तम भन्ने अच्चुत्तम प्रसाद रिसाललाई पनि शुक्रबार प्रहरीले पक्राउ गरेको छ। जिल्ला ... The post जबरजस्ती करणी अभियोगमा दुई जना पक्राउ appeared first on Kalika Khabar.