काठमाडौं : बिभिन्न आठ राजनीतिक दलहरुले संयुक्त रुपमा अग्रगामी मोर्चा घोषणा गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, र खम्बुवान राष्ट्रिय मोर्चाले संयुक्त रूपमा अग्रगामी मोर्चा घोषणा गरेका हुन् । उनीहरुले संविधान संशोधन, संघीयता सुदृढीकरण, सामाजिक न्याय, र समावेशी लोकतन्त्रलाई मुख्य एजेन्डा बनाएका छन्