अमेरिकी गुप्तचर निकायको आकलन : पुटिनले नेटोको एकता परीक्षण गर्न आक्रमण गर्न सक्छन्

  • शनिबार २३ साउन २०८३ ०६:०१ PM
अमेरिका : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी केही वर्षभित्र नेटोको दृढता परीक्षण गर्न गठबन्धनमा आबद्ध कुनै एक देशमाथि सीमित आक्रमण गर्न सक्ने अमेरिकी गुप्तचरले जनाएको छ । रिपोर्टबारे जानकार तीन स्रोतले यस्तो आकलन गरेका हुन् ।  गुप्तचर आकलनमा रुसले गर्न सक्ने सम्भावित विस्तारका विभिन्न परिदृश्य उल्लेख छन् ।यसमा साइबर आक्रमणदेखि सानोस्तरको सैन्य घुसपैठसम्मका विकल्प छन् । यस्ता गतिविधिको उद्देश्य नेटोको एकता र धारा ५ प्रतिको प्रतिबद्धता परीक्षण गर्नु हुन सक्ने स्रोतहरूले बताएका छन् ।