जेनएक्सटी मोटर्सले ल्यायो ‘बोमा ईभी’, मूल्य कति ?

  • शनिबार २३ साउन २०८३ ११:५१ AM
काठमाडौं । अन्तर्राष्ट्रिय प्रविधि ब्रान्डको आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालिले अटोमोबाइल बजारमा प्रवेश गर्दै नयाँ विद्युतीय कार ‘बोमा ईभी’ नेपाली बजारमा ल्याएको छ । कम्पनीले जेनएक्सटी मोटर्समार्फत बोमा ईभी सार्वजनिक गरेको हो । नेपालमा भइरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा यो कार प्रदर्शनीको मुख्य आकर्षणमध्ये एक बनेको छ । सहरमा दैनिक आवतजावतलाई लक्षित गरी ल्याइएको