काठमाडौं । नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका तीन साताभन्दा लामो समयदेखि अवरुद्ध हुँदा नेपाल र चीनबीचको वैदेशिक व्यापार प्रभावित भएको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीका अनुसार विभिन्न स्थानमा गएको पहिरोका कारण नाका जोड्ने सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि चीनतर्फबाट मालवाहक सामान बोकेका कन्टेनर नेपाल भित्रिन सकेका