लिपमोटर बी०३ एक्स नेपाली बजारमा सार्वजनिक गरिएको छ। नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित गर्दै लिपमोटरको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले उक्त मोडल सार्वजनिक गरेको हो।कम्पनीका अनुसार बी०३ एक्सको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। पहिलो १०० ग्राहकका लागि भने ४४ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्ने घोषणा गरिएको छ।गाडीमा १४५ किलोवाटको मोटर र ५३ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। कम्पनीले एकपटक पूर्ण चार्ज गर्दा ५०० किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी गरेको छ।नेपालका विविध सडक तथा भ