काठमाडौं : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको जगमा खडा भएका शक्तिहरूले देशका मूल समस्या समाधान गर्न नसक्ने बताएका छन्। एमाले तारकेश्वर नगर कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले नेपाली राजनीतिमा लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको जगमा खडा भएको वैकल्पिक शक्तिले देशका समस्याहरूलाई सम्बोधन र समाधान गर्न नसक्ने बताएका हुन्। उनले अहिलेको वैकल्पिक शक्तिबाट मुलुकको सार्वभौमसत्ता नै समाप्त हुने चुनौती समेत देखिएको उल्लेख