जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले देश अराजकताको युगतर्फ प्रवेश गर्न लागेको हो कि भन्ने प्रश्न उठाउँदै जनतामा आशा र भरोसा जगाउन विभिन्न राजनीतिक दल तथा शक्तिहरू मिलेर अग्रगामी मोर्चा घोषणा गरिएको बताएका छन् । अग्रगामी मोर्चा घोषणा सभा समारोहलाई सम्बोधन गर्दै राउतले देशमा जिम्मेवारीबोध भएका नेतृत्वको आवश्यकता रहेको बताए । जनताले आशा र भरोसा गरिरहेको