भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित बारुदखाना चोकमा खाना पकाउने ग्यासको कालोबजारी गरेको अभियोगमा एक ब्यापारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ब्यापारी तुलसीराम त्वयना रहेका प्रहरीले जनाएको छ ।त्वयना किराना पसलको सञ्चालक रहेका उनले खाना पकाउने एलपी ग्याँस उपभोक्तालाई प्रतिसिलिण्डर ७ हजार रुपैयाँको दरले बिक्री बितरण गरेको अभियोग छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग दुवाकोटबाट प्रहरी नायब निरीक्षक खिलबहादुर दुलालको नेतृत्वमा खटिएको प्रहरी टोलीले शनिबार बि