काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास बितरणको अवस्थाबारे स्थलगत अनुगमन गरेकी छन् । बजारमा खाना पकाउने ग्यास अभाव कायमै रहेपछि शनिबार मन्त्री यादवले बिभिन्न ग्यास उद्योगका साथै आयल निगमको टेकुस्थित बितरण केन्द्रको स्थलगत अनुगमन गरेकी हुन् ।अनुगमनका क्रममा मन्त्री यादवले ग्यासको बितरण प्रक्रियाका बारेमा जानकारी लिदै छिटो भन्दा छिटो सहज रुपमा ग्यास पाउने अवस्था बनाउन निर्देशन दिएकी थिइन् । सो क्रममा नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक नागेन्द्र साहल