काठमाडौं : सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ छब्बिसस्थित बीपी राजमार्गमा हाइस दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालयका अनुसार धनुषाको गणेशमान नगरपालिका–७ बस्ने २२ वर्षीया रुवी साह र मोरङ सुन्दरहरैँचा नगरपालिका–१२ बस्ने १९ वर्षीय समित भुजेल गम्भीर घाइते भएका छन्।त्यस्तै मोरङ सुन्दरहरैँचा नगरपालिका–१२ का २० वर्षीय उज्वल चौधरी तथा सुनसरी इटहरी उपमहानगरपालिका १७ बस्ने ४२ वर्षीय दुर्गानन्द शर्मा सामान्य घाइते भएका प्रहरीले जनाएको छ। मोरङबाट काठमाडौं जाँ