काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले देशलाई वर्तमान राजनीतिक तथा आर्थिक संकटबाट मुक्त गर्न पार्टी बलियो हुनुपर्ने बताएका छन् । राप्रपा काठमाण्डु महानगरपालिका नगर समितिको अधिवेशनलाई शनिबार काठमाण्डुमा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आगामी महाधिवेशनलाई पार्टी र देशकै राजनीतिक भविष्यका लागि एक कोशेढुंगाका रूपमा चित्रण गरे । पार्टीको हालै सम्पन्न केन्द्रिय कार्यसमितिको बैठकले