केन्द्रीय समिति बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्छ : गगन थापा

  • शनिबार २३ साउन २०८३ ०८:३७ AM
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय समितिको बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताएका छन् । स्वर्गीय श्यामबहादुर कार्कीको १९औं स्मृति दिवसमा भक्तपुरमा आयोजित रक्तदान कार्यक्रममा सभापति थापाले साउन २४ गतेदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताएका हुन् । उहाले पार्टीलाई मौलिक इतिहास, त्याग र जगमा फर्काउँदै नयाँ ढंगले अघि बढाइने उल्लेख गरे । सभापति थापाले पार्टीलाई सत्ता र शक्ति चाहिने भए पनि सिद्धान्तसँग सम्झौता गरेर प्राप्त हुने सत्ताको केही पनि अर्थ नरहेको उल्लेख गरे । उनले सेवा भाव र नागरिकको अधिकारका लागि गरिने राजनीति अहिलेको ... The post केन्द्रीय समिति बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्छ : गगन थापा appeared first on Kalika Khabar.