सिकाइ एक निरन्तर, सचेत र जीवन्त प्रक्रिया हो। मानिसले पढेर, सुनेर तथा आफ्ना साथीभाइ र परिवेशसँग सघन छलफल गरेर ज्ञान आर्जन गर्छ। यो सम्पूर्ण प्रक्रिया सफलतापूर्वक सम्पन्न हुन एउटा अपरिहार्य तत्वको आवश्यकता पर्छ, त्यो हो— मनोयोग वा एकाग्रता।जबसम्म मस्तिष्क र मन पूर्णरूपमा कुनै विषयमा समर्पित हुँदैनन्, तबसम्म बाह्य रूपमा गरिने अध्ययन वा श्रवण केवल औपचारिकतामा मात्र सीमित हुन पुग्छ। तर, वर्तमान समयको सबैभन्दा ठूलो विडम्बना नै यही बनेको छ कि आजका विद्यार्थीमा यो सचेत मनोयोग र धैर्यको चरम अभाव द