काठमाडौं जाने बस छुट्नै लागेको थियो। हतार–हतार सामान मिलाउँदै गर्दा शिवानी सिंह थारूले एउटा यस्तो काम गरिन्, जुन सामान्य मानिसका लागि सायद असामान्य थियो। उनले जन्मथलो नेपालगन्जको एक मुठी माटो उठाइन्। सानो कपडामा बेरेर पोको पारिन् र झोलाभित्र राखिन्। त्यो माटो कुनै धार्मिक आस्थाको प्रतीक थिएन। न त कुनै अन्धविश्वासको अवशेष। त्यो उनको पहिचान थियो। त्यो बाल्यकाल थियो। त्यो सम्झनाको सुवास थियो। त्यो आमाको काखजस्तै न्यानो जन्मभूमिको स्पर्श थियो।राजधानी पुगेपछि उनको जीवनले नयाँ मोड लियो। नयाँ सहर