काठमाण्डु– कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाशशरण महतले पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने क्रममा स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन कार्यकर्तालाई अपिल गरेका छन् । शनिबार गृहजिल्ला नुवाकोटका अगुवा कार्यकर्ता भेलालाई राजधानीमा सम्बोधन गर्दै महतले देउवाको स्वागतमा आउन भनेका हुन् । उनले देउवाको भव्य स्वागत गरिने बताएका छन् । महतका अनुसार