काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिकको अधिकारका लागि राजनीति गर्न सधैँ सत्ता र शक्ति आवश्यक नपर्ने बताएका छन् । शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै थापाले सत्ता र शक्तिभन्दा बाहिर बसेर पनि नागरिकको अधिकारका लागि काम गर्न सकिने बताएका हुन् । उनले सत्ता र शक्ति राजनीति गर्ने लक्ष्य नभई माध्यम मात्र भएको बताए ।