यस्तो छ नेपालमा सन् २०४० सम्म ६३ लाख पर्यटक भित्र्याउने व्यवसायी सुमन पाण्डेको ‘भिजन’

  • शनिबार २३ साउन २०८३ ०७:५५ AM
पर्यटन व्यवसायी सुमन पाण्डेले नेपालको पर्यटन क्षेत्र अहिले ओभर इन्भेस्टमेन्ट, घट्दो व्यवसाय र दक्ष जनशक्तिको अभावजस्ता चुनौतीसँग जुधिरहेको बताएका छन् । उनले पर्यटन क्षेत्रको दिगो विकासका लागि नीतिगत सुधारसँगै बजार विश्लेषण, सेवा गुणस्तर र मानव पूँजी विकासमा विशेष ध्यान दिनुपर्ने बताएका हुन् । पाण्डेका अनुसार नेपालको पर्यटन सेवाको स्तर एसियाकै राम्रो सेवामध्ये एक मानिन्छ ।