प्रधानमन्त्रीले स्टाटसमा लेखे- रुग्ण पाँच राष्ट्रिय उद्योगले सुधारका आशालाग्दा परिणाम देखाएका छन्

  • शनिबार २३ साउन २०८३ १२:३३ PM
काठमाडौँ। रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानलाई इमान्दार प्रयास, कानुनको कार्यान्वयन र निरन्तरको सामूहिक प्रयासबाट पुनः सञ्चालन गरी तिनलाई प्रतिस्पर्धी बनाउन सकिने आशालाग्दा परिणाम देखिएका छन् ।  नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा प्रारम्भ भएका सुधारले रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव रहेको देखाएको हो।  'जब नियत सफा हुन्छ र जिम्मेवारीप्रति इमान्दारिता देखाइन्छ, तब जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छन् । नयाँ सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई कसरी पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सकिन्छ भन्ने विषयलाई प्राथमिकतामा राख्दै निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वय गर्दै आएको छ', प्रधानमन्त्री वालेन्द्र शाहले भनेका छन्, 'त्यही इमान्दार प्रयास, कानुनको कार्यान्वयन र निरन्तरको ‘टिमवर्क’ का कारण केही राष्ट्रिय उद्योग तथा संस्थानमा आशालाग्दा परिणाम देखिन थालेका छन् ।' प्रधानमन्त्री शाहले शनिबार बिहान सामाजिक सञ्जालमार्फत वर्षौँदेखि बन्द रहेका, घाटामा थलिएका र रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानमा पछिल्लो समय देखिन थालेका सुधार र प्रगतिबारे जानकारी पनि गराएका छन्।  प्रधानमन्त्री शाहले नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा भएका सुधारका प्रयास र प्राप्त उपलब्धिलाई प्रस्तुत गर्दै इमान्दार प्रयास, कानुनको कार्यान्वयन र निरन्तरको सामूहिक प्रयासबाट रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः सञ्चालनमा ल्याएर प्रतिस्पर्धी बनाउन सकिने उल्लेख गरेका छन्। उनले नियत सफा राखेर जिम्मेवारीप्रति इमान्दार हुँदै निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वय गर्न सके चुनौतीपूर्ण अवस्थामा पनि सुधारका नयाँ ढोका खुल्ने बताएका छन्।  प्रधानमन्त्री शाहले सार्वजनिक गर्नुभएका उद्योग एवं संस्थानको विवरण यस प्रकार छः नेपाल औषधि लिमिटेड वर्षौँसम्म घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा रु