बागमती । पोखराको लेकसाइडस्थित खहरेका साइकलयात्री साइमन आफ्ना १० वर्षीय छोरा ग्रावियलसहित मेची–महाकाली साइकल यात्राको लक्ष्यसहित हेटौंडा आइपुगेका छन् । यही अगष्ट १ तारिख (साउन १६ गते)देखि काँकडभित्ताबाट साइकल यात्रा सुरु गरेका उनीहरू यात्राको सातौं दिन हेटौंडा आइपुगेका हुन् । आफूहरू आजै चितवनतर्फको यात्रा गर्ने साइमनले जानकारी दिए । हेटौंडा आइपुगेका उनीहरूलाई आज हिमालयन राइडर्स सोसाइटी हेटौंडाका अध्यक्ष राजु थापामगरसहित सोसाइटीका पदाधिकारी तथा सदस्यले स्वागत गरेका छन् । आफू पनि बाल्यावस्थादेखि साइकलयात्रा गर्ने गरेको अनुभव सुनाउँदै ३७ वर्षीय साइमनले १० वर्षीय छोरा ग्रावियलको मेची–महाकाली साइकल यात्रा गर्ने इच्छाअनुसार यात्रामा निस्किएको जानकारी दिए । ... The post दश वर्षीय छोरासहित मेची–महाकाली साइकल यात्रा appeared first on Kalika Khabar.