मुगु : प्राकृतिक विपद होस् वा शान्ति–सुरक्षाको जिम्मेवारी, अग्रपंक्तिमा देखिने सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मी सदरमुकाम गमगढीमा भने आफैं असुरक्षित वातावरणमा बस्न बाध्य छन् । नागरिकको ज्यान र सम्पत्तिको सुरक्षाका लागि चौबीसै घण्टा खटिने सुरक्षाकर्मीहरू अहिले पहिरो, ढुंगा र जीर्ण भौतिक संरचनाको जोखिमबीच सेवा दिइरहेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ४५ गुल्मको कार्यालय हाल साविक श्रीनगर गाविसको ढुंगा र काठबाट बनेको पुरानो भवनमा सञ्चालन हुँदै आएको छ । भवन जीर्ण मात्र ह