१० जना मात्रै बस्ने गाउँ, जहाँ पुग्न आतुर छन् संसारभरका मानिस

  • शनिबार २३ साउन २०८३ ०१:०१ PM
स्पेन : स्पेनमा एउटा यस्तो गाउँ छ, जहाँ अहिले मुस्किलले १० जना मानिस बस्छन् । यहाँ कुनै रेस्टुरेन्ट छैन र बिरलै कोही घुम्न आउँछन् । तर आगामी एक विशेष दिनका लागि भने यही सानो गाउँमा पुग्न संसारभरका मानिसबीच होड चलेको छ । यो उत्तरी स्पेनको बुर्गोस प्रान्तमा रहेको अवेलेनोसा डे मुन्यो नामको सानो गाउँ हो । यहाँ एउटा बार छ, जुन अब कहिल्यै खुल्दैन । एउटा मदिरा गोदाम पनि छ, जुन अब सञ्चालनमा छैन ।तर गाउँको शान्त वातावरणमा ध्यान दिएर सुन्नु भयो भने मधुर धुन जस्तो आवाज सुनिन्छ । चर्को गर्मीमा फुलेका ल