नेकपा बहुमतका नेता तिलक दाङबाट पक्राउ

  • शनिबार २३ साउन २०८३ ०६:२४ AM
दाङ–धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका केन्द्रीय सचिवालय सदस्य तिलकलाई प्रहरीले पक्राउ गरेको छ । पार्टीका प्रवक्ता उदयबहादुर चलाउने दीपकले तिलकलाई २१ साउनको साँझ दाङस्थित घरमै बसिरहेका बेला प्रहरीले पक्राउ गरेको हो । तिलकलाई पक्राउ गर्नुको कारण नखुलाइएको र पक्राउ पुर्जीसमेत नदिइएको पार्टीको दाबी छ । घटनाप्रति आपत्ति जनाउँदै नेकपा बहुमतले गिरफ्तारीको भर्त्सना गरेको छ ।