एक महिनादेखि इलाम–राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा

  • शनिबार २३ साउन २०८३ ०६:२७ AM
इलाम । मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड एक महिनादेखि अवरुद्ध छ । गत असार २३ गते इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली खण्डमा पहिरो गएपछि अवरुद्ध बनेको सडक अझै सञ्चालनमा आएको छैन । माथिबाट लेदोसहितको पहिरो खस्नुका साथै सडक भाँसिएपछि एक महिनायता अवरुद्ध रहेको सो सडक खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए । ‘पहिरो पन्छाएपछि