जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ

  • शनिबार २३ साउन २०८३ ०६:४० AM
काठमाडौं । जालसाजीको अभियोगमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष हरेन्द्र यादव पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन थापाका अनुसार यादवलाई जालसाजीको अभियोगमा शुक्रबार राति बर्दघाट क्षेत्रबाट पक्राउ गरिएको हो ।