खल्तीबाट भुक्तानी गर्नेले दैनिक १ लाख र पाक्षिक १० लाखसम्म जित्न सक्ने

  • शनिबार २३ साउन २०८३ ०६:३९ AM
काठमाडौं । आईएमई खल्ती लिमिटेड (खल्ती) ले आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ मा आफ्ना प्रयोगकर्तालाई सहभागी गराउने भएको छ । कार्यक्रमअन्तर्गत खल्तीबाट १०० भन्दा बढीको योग्य डिजिटल भुक्तानी गर्ने प्रयोगकर्ता स्वतः उपहार कार्यक्रममा सहभागी हुनेछन् । कार्यक्रममा हरेक दिन एक जना विजेताले कर कट्टीपछि १ लाख र प्रत्येक १५ दिनमा