विद्युतमा भ्याट होइन, इन्डक्सन चुल्हो प्रयोग बढाउनुपर्छ : कुलमान घिसिङ

  • शनिबार २३ साउन २०८३ ०७:०२ AM
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले कृषि सिँचाइ, खानेपानी र घरायसी प्रयोजनका लागि प्रयोग हुने विद्युत्मा १३ प्रतिशत भ्याट लगाउने सरकारको निर्णयको विरोध गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घिसिङले यस्तो निर्णय जनविरोधी भएको बताएका छन् । उनका अनुसार सिँचाइको विद्युत् महसुल यसअघि प्रतियुनिट ७ रुपैयाँबाट घटाएर करिब २ रुपैयाँ कायम गरिएको