प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने तयारीमा रहेको कैलाश हेलिकप्टर सर्भिस लिमिटेडको चालु आर्थिक वर्षको पहिलो नौ महिनामा आम्दानीमा उल्लेख्य गिरावट आएको छ । कम्पनीको सञ्चालन आम्दानी गत आवको सोही अवधिको तुलनामा करिब २६ प्रतिशतले घटेर ३९ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको क्रेडिट रेटिङ पुनरावलोकन गर्दै इक्रा नेपालले कम्पनीलाई पुनःट्रिपल बी रेटिङ