स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने चार जना पक्राउ

  • शनिबार २३ साउन २०८३ ११:१५ AM
सुर्खेत । कालिकोटको पलाँता गाउँपालिका-९ मा रहेको पलाँता अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने र अस्पताल  तोडफोड गर्ने चार जना पक्राउ परेका छन् । शुक्रबार दिउसो र राति अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी अस्पताल  तोडफेाड गर्ने चार जना प्रक्राउ परेका हुन् ।  कुटपिट र तोडफोडमा संलग्न पलाता–९ थिर्पूकी ३२ वर्षीया मैना बम, स्थानीय तपेन्द्र बम, मैनाका पति सुशीलकुमार बम र उनका १३ वर्षीय छोरालाई प्रहरीले राति नियन्त्रणमा लिएको जिल्ला प्रहरी  कार्यालय कालिकोटका प्रमुख हिमहादुर खत्रीले बताए ।  सामान्य विवादले उग्र रूप लिएर कुटपिट र तोडफोड भएको उनले बताए । घटना बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । घटनाका दोषीलाई कडा कारवाहि हुनुपर्ने र स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीले भयरहित वातावरणमा काम गर्न पाउनु पर्ने जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोट व्यवस्थापक डा रत्नवीर सुनारले बताए ।