दलितका थर सूचीकरणबारे सरकारले माग्यो सुझाव, कसरी पठाउने ?

  • शनिबार २३ साउन २०८३ ११:५८ AM
काठमाडौँ। दलित समुदायको थर सूचीकरणका विषयमा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सुझाव माग गरेको छ।  राष्ट्रिय दलित आयोगले कानूनबमोजिम दलित समुदायका थरहरूको सूची सूचीकरणका लागि मन्त्रालयमा पठाएको थियो। आयोगबाट सिफारिस भएर आएका थरहरू सूचीकरण गर्नुअघि सबै नागरिक, सरोकारवाला, संघसंस्था र विज्ञहरूको राय, सुझाव र प्रतिक्रिया माग गरिएको हो। मन्त्रिपरिषद्‌बाट पारित हुनुअघि मन्त्री सीता बादीले आयोगको सिफारिसमा रहेको थर सूची सार्वजनिक गर्दै सुझाव माग गरेकी हुन्।  मन्त्रालयले वेबसाइटमा आयोगबाट सिफारिस भएका थरहरूको सूची सार्वजनिक गर्दै त्यसमा दुई दिनभित्र सुझाव उपलब्ध गराउन भनेको छ। मन्त्रालयले info@mowcgss