स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने ३ जना पक्राउ

  • शनिबार २३ साउन २०८३ १२:०१ PM
काठमाडौं : कालिकोट पलाँता गाउँपालिकामा चिकित्सक एवं नर्समाथि अभद्र व्यवहार गर्ने र अस्पतालमा तोडफोड गर्ने तीन जना पक्राउ परेका छन्।वडा नं. ९ स्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सक एवं नर्समाथि भएको दुर्व्यवहार एवं अभद्र व्यवहार गर्ने र अस्पतालमा अनधिकृतरुप प्रवेश गरी सामानहरु तोडफोड गर्ने कार्यमा संलग्न तीन जना व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य जारी रहेको प्रहरी निरीक्षक सुरेश खत्रीले जानकारी दिए।पलाँता अस्पतालमा मेडिकल अफिसर डा.अली हैदर रैन र नर्स शान्ता गिरीमाथि शुक्रबार दिउँसो आक्रम