भारत : भारत हिमाचल प्रदेशको चम्बा जिल्लामा शनिबार बिहान भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । निजी बस चुराह विधानसभा क्षेत्रअन्तर्गत तिसा थाना क्षेत्रमा पर्ने बैरागढनजिकै चालुङ मोडमा दुर्घटनामा परेको हो ।घाइतेमध्ये ६ जनालाई थप उपचारका लागि पण्डित जवाहरलाल नेहरू राजकीय मेडिकल कलेज तथा अस्पताल चम्बामा रिफर गरिएको छ । दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूको पहिचान गर्ने काम भइरहेको छ । राज्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार दुर्घटना शनिबार बिहान करिब ७ बजेर १५ मिनेटमा