सुनसरीबाट ४१८ किलो गाँजासहित ४ जना पक्राउ

  • शनिबार २३ साउन २०८३ ०५:४४ AM
काठमाण्डु– सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट प्रहरीले ४ क्विन्टल गाँजासहित ४ जनालाई पक्राउ गरेको छ। शनिबार बिहान करिब ५ः३० बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले ४१८ किलो गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कार चालक धरान उपऔमहानगरपालिका–१३का थमन राई, कारमा सवार मानेभन्ज्याङ गाउँपालिका–५, ओखलढुङ्गाकी जीवनी राई, मोटरसाइकल चालक कटहरी गाउँपालिका–३, मोरङका अमर कामत र मोटरसाइकलमा