बालेनको विरोधमा बोल्ने रास्वपा सांसदलाई भीमार्जुनको प्रश्नः सरकार बदल्ने तागत तपार्ईसँगै छ, किन त्यो गर्नुहुन्न ?

  • शनिबार २३ साउन २०८३ ०५:५२ AM
काठमाण्डु– वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूले आफ्नै सरकारका कामकारबाहीमाथि प्रश्न उठाउन थालेको भन्दै उनीहरूप्रति नै गम्भीर प्रश्न गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आचार्यले सरकारप्रति असन्तुष्टि भए त्यसलाई सच्याउने वा परिवर्तन गर्ने राजनीतिक सामर्थ्य सत्तारूढ दलका नेताहरूसँगै रहेको बताए । आफैंले जन्माएको सरकार संसद्, संविधान, दल र जनताप्रति जवाफदेही