काठमाडौं । ग्लोबल आइएमई बैंकले युवापुस्तालाई लक्षित गर्दै ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’ सञ्चालनमा ल्याएको छ । अब यो खाता खोल्न बैंकको शाखामा जानुपर्ने छैन । बैंकका अनुसार राष्ट्रिय परिचयपत्र वा राहदानी भएका ग्राहकले घरमै बसेर अनलाइनमार्फत खाता खोल्न सक्नेछन् । अनलाइन आवेदन दिएपछि खाता तत्काल सञ्चालनमा आउने व्यवस्था गरिएको छ । यो खातामा न्यूनतम मौज्दात