इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन : राजेन्द्र लिङ्देन

  • शनिबार २३ साउन २०८३ ०६:१२ AM
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पार्टीप्रति निष्ठावान र क्रियाशील कार्यकर्ताको राजनीतिक भविष्य सुनिश्चित गर्ने जिम्मेवारी आफूले लिने बताएका छन् । शनिबार राप्रपा काठमाडौं महानगरपालिका नगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीमा अवसर र व्यक्तित्व विकासको चिन्ता गरेर विचलित नहुन कार्यकर्तालाई आग्रह गरे । पार्टी र देशको सेवामा समर्पित हुन