भारतीय ट्रेलर ट्रकले पाँच गाडीलाई ठक्कर दिँदा हेटौंडा–पथलैया सडक चार घण्टा ठप्प

  • शनिबार २३ साउन २०८३ ०४:३८ AM
रौतहट । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाई मन्दिर नजिक भारतीय ट्रेलर ट्रक अनियन्त्रित हुँदा पाँच वटा सवारीसाधनमा ठक्कर लागेको छ । दुर्घटनापछि हेटौंडा–पथलैया सडकखण्ड करिब चार घण्टा ठप्प भएको छ । शुक्रबार राति करिब १० बजे हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको एचआर ६९ डी ७९६९ नम्बरको भारतीय ट्रेलरले ओभरटेक गर्ने क्रममा विपरीत लेनमा प्रवेश गरेको थियो। त्यसपछि अनियन्त्रित भएको ट्रेलरले पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेका पाँच वटा सवारीसाधनलाई एकपछि अर्को ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा पाँचवटै सवारीसाधनमा क्षति पुगे पनि मानवीय क्षति भने हुनबाट जोगिएको छ । दुर्घटनापछि भारतीय ट्रेलरका चालक घटनास्थलबाट फरार ... The post भारतीय ट्रेलर ट्रकले पाँच गाडीलाई ठक्कर दिँदा हेटौंडा–पथलैया सडक चार घण्टा ठप्प appeared first on Kalika Khabar.