होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह

  • शनिबार २३ साउन २०८३ ०५:०६ AM
रूपन्देही ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको बसाइ अवधि लम्ब्याउन सुविधासम्पन्न होटल तथा गुणस्तरीय आतिथ्य सेवामा निजी क्षेत्रले लगानी विस्तार गर्नुपर्ने बताएका छन् । होटल सङ्घ नेपाल, लुम्बिनी प्रदेश तदर्थ समिति गठन तथा घोषणा कार्यक्रममा आज मुख्यमन्त्री आचार्यले पर्यटक आगमन बढाउनुमात्र पर्याप्त नभई उनीहरूलाई लामो समयसम्म बस्ने वातावरण सृजना गर्न आवश्यक रहेको बताए । उनले पर्यटकीय सम्भावना भएका नयाँ गन्तव्यको पहिचान गरी त्यहाँ सुविधासम्पन्न होटल सञ्चालनमा निजी क्षेत्रलाई लगानी गर्न आग्रह गरे । उनले गुणस्तरीय सेवा, आवास र आतिथ्य व्यवस्थाले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने उल्लेख गरे । मुख्यमन्त्री ... The post होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह appeared first on Kalika Khabar.