बराहक्षेत्रबाट ४१८ किलो गाँजासहित चार जना पक्राउ

  • शनिबार २३ साउन २०८३ ०४:४७ AM
धरान। सुनसरीको बराहक्षेत्रबाट ४१८ किलो गाँजासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। बराहक्षेत्र नगरपालिका–१ स्थित गुप्त बराह नजिकै बराहक्षेत्र–चतरा भित्री सडकखण्डमा लागूऔषध ओसारपसार तथा कारोबार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले