सुनसरी : सुनसरीको धरान उपमहानगरपालिकामा एमाले, कांग्रेस र नेकपाबाट निर्वाचित जनप्रतिनिधिबीचको विवाद चर्किदा चालु आर्थिक वर्ष २०८३/८४ को बजेट अझै आउन सकेको छैन । कानुनअनुसार असार १० गतेभित्र चालु आर्थिक वर्षको बजेट नगरसभामा पेस गरी असार मसान्तसम्म पास गरी बजेट कार्यान्वयन गर्नुपर्ने भए पनि डेढ महिना बितिसक्दा समेत धरान उपमहानगरपालिकाले बजेट ल्याउन सकेको छैन ।बजेट निर्माण तथा नगरसभा सञ्चालनका विषयमा कार्यबाहक मेयर अईन्द्रविक्रम बेघा र एमालेबाट निर्वाचित धरान–१५ का वडाध्यक्ष नरेश इवारम तथा का