सिरहा : सिरहामा प्रहरीले लागूऔषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । चार जना फरार रहेका छन् । जसमध्ये दुई जनाको पहिचान खुलेको छ ।प्रहरीले नियन्त्रणमा लिएका भगवानपुर गाउँपालिका–४ जमुवाटोलका ४३ वर्षीय मोहन साह रहेका छन् । सोही ठाउँका ४३ वर्षीय कलेन्द्र यादव र ४५ वर्षीय ब्रहमदेव यादवसहित ४ जना फरार छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका सखुवानन्कारकटी गाउँपालिका–४ सिमरास्थित बलान खोलामा इलाका प्रहरी कार्यालय लहान र इलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको संयुक्त प्रह