काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित बुढीचौर पछिल्लो समय आन्तरिक पर्यटकको एक प्रमुख गन्तव्यका रूपमा उदयमान भइरहेको छ । प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्त्व, धार्मिक सम्पदा र शाहसिक पर्यटनको प्रचुर सम्भावना बोकेको यो क्षेत्र अहिले प्रकृतिप्रेमी पर्यटकहरूको रोजाइमा पर्न थालेको हो । तराईको राप र हेटौँडाको गर्मीबाट राहत खोज्नेहरूका लागि करिब २० देखि २५ किलोमिटरको दूरीमा रहेको