घर कसको छैन र ? ओछ्यान कसको छैन ? तर, मधेसको कैलाश अर्थात् टुटेश्वरनाथ पुग्ने तीर्थालुहरू भुइँमै सुत्छन्। धनी हुन् वा गरिब, सबैले खुला आकाशमुनि रात काट्छन्। चारैतिर घना जंगल छ, तर कसैलाई कुनै डर छैन। मन्दिरका पुजारी भन्छन्, ‘सबैको रक्षा देवोका देव कैलाशपति बाबा टुटेश्वरनाथले गर्छन्। यहाँबाट सबैले शान्ति र खुसीको झोली भरेर जान्छन्।’श्रावणी मेलाको उल्लास, ‘बोलबम’ काँवरियाहरूको ताँती र गौरवपूर्ण इतिहासले भरिएको टुटेश्वरनाथको दर्शन पाउन यतिखेर जनसागर ओर्लिइरहेको छ। चुरे पर्वत