ग्यासमा कालो बजारी : सिरहामा सरकारले तोकेभन्दा प्रति सिलिन्डर २० रुपैयाँ बढी असुली

  • शनिबार २३ साउन २०८३ १०:०१ AM
सिरहा : सरकारले पूरा सिलिन्डर खाना पकाउने एलपी ग्यासको मूल्य बिक्री वितरणका लागि २०६० रुपैयाँ तोकेको छ । तर, सिरहामा डिलर र पसलवाला बिक्रेताहरूले उपभोक्तासँग सेवा शुल्कको नाममा थप २० रुपैयाँ असुली रहेको छ ।२ हजार ८० रुपैयाँ तिर्नुपर्ने भएपछि चौतर्फी विरोध हुन थालेको छ । लहान नगरपालिकाले बढी लिएको रुपैयाँ फिर्ता गर्न निर्देशन जारी गरेका थिए । तर, सुनुवाइ भएको छैन ।´सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण गर्छ । नियामक निकायले त्यसको कार्यान्वयन गराउँछ । उपभोक्ताले सरकारले तोकेको मूल