काठमाडौं : सत्तासीन रास्वपाका सांसदहरूले जनजीविकाका सबालप्रति सरकार गम्भीर नबनेको भन्दै सरकारविरुद्ध संसद्मै प्रश्न गरेका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सरकारका गतिविधिप्रति तीव्र असन्तुष्टि जनाए।रास्वपा सांसद मनिष झाले सरकार सञ्चालनको शैलीमा सुधार आवश्यक भएको बताए। उनले भने, ‘सरकार सञ्चालन गर्न कताकता ढंग पुगेको छैन जस्तो छ। यदि ढंग छैन भने त्यो सिक्नुपर्छ। राज्य प्रणालीमा अझै ढंग पुर्याउनुपर्छ।’ रास्वपाका निवर्तमान