विद्युत्मा १३ प्रतिशत भ्याट लगाउने सरकारको निर्णय गलत: कुलमान घिसिङ

  • शनिबार २३ साउन २०८३ ०३:१८ AM
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले कृषकको सिँचाइ तथा सामुदायिक खानेपानी लिफ्टिङमा प्रयोग हुने विद्युत्मा समेत १३ प्रतिशत भ्याट लगाएको भन्दै आपत्ति जनाएका छन् । घिसिङले अत्यावश्यक क्षेत्रमा सहुलियत दिनुपर्नेमा उल्टै विद्युत्मा भ्याट लगाउने सरकारको कदम गलत भएको बताएका हुन् । उनले आफू नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा रहँदा सिँचाइको महसुलमा डिमान्ड चार्ज