काठमाडौं। प्रभु इन्स्योरेन्स लिमिटेडका अध्यक्ष राजेन्द्र मल्लले कम्पनी विश्वसनीय, पारदर्शी, प्रविधिमैत्री र ग्राहककेन्द्रित बन्दै थप सशक्त रूपमा अघि बढीरहेको बताएका छन्। कम्पनीको ३१औँ वार्षिक दिवसका अवसरमा मन्तव्य दिँदै अध्यक्ष मल्लले प्रभु इन्स्योरेन्सको तीन दशकभन्दा लामो यात्रा विश्वास, मेहनत, निरन्तरता, परिवर्तनसँगको अनुकूलन र सामूहिक प्रतिबद्धताको परिणाम भएको बताए। उनले ३१ वर्षको अवधिमा कम्पनीले नेपाली निर्जीवन बीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गरे। अध्यक्ष मल्लका अनुसार ५ करोड रुपैयाँ चुक्ता पुँजीबाट सुरु भएको प्रभु इन्स्योरेन्स अहिले करिब १ अर्ब ७० करोड १० लाख रुपैयाँ चुक्ता पुँजी, देशभर ६० वटा शाखा तथा ... The post प्रभु इन्स्योरेन्स प्रविधिमैत्री र ग्राहककेन्द्रित बन्दै अघि बढिरहेको छ : अध्यक्ष मल्ल appeared first on Kalika Khabar.