काठमाडौं : पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले विद्युतमा लगाएको भ्याट तत्काल फिर्ता लिन आग्रह गरेका छन्। उनले जनतालाई भ्याट लगाउनुको सट्टा डेडिकेटेड र ट्रंक लाइनको अर्बौंको बक्यौता उठाउन तत्काल कदम चाल्न आग्रह गरेका हुन्।उनले सरकारले कृषकको सिचाई गर्ने विद्युत र जनताले पिउने खानेपानी लिफ्ट गर्ने विद्युतमा १३ प्रतिशत भ्याट लगाएको भन्दै आपत्ति जनाए। ‘सरकारले कृषकको सिचाइँ गर्ने विद्युत र जनताले पिउने खानेपानी लिफ्ट गर्ने विद्युतमा झन् १३ प्रतिशत भ्याट लगाएछ। हामीले सिचाइँको महसुल डिमाण्ड चार्ज