काठमाण्डु– थाइल्यान्डमा एक १४ वर्षीय किशोरले गोली हानेर आफ्नै हजुरबुबा र हजुरआमासहित ८ जनाको हत्या गरेका छन् । शुक्रबार बैंककको बाहिरी क्षेत्रमा स्थानीय समयअनुसार बिहान करिब ५ बजे ७३ वर्षीय हजुरबुबा र ७४ वर्षीया हजुरआमालाई गोली हानेका हुन्। त्यसपछि बन्दुक र दर्जनौँ गोली बोकेर विद्यालय पुगेका उनले ५ जना शिक्षकलाई गोली हानेर हत्या गरेका थिए।