हात्ती किन बस्तीमा पस्छ ?

  • शनिबार २३ साउन २०८३ ०८:०१ AM
सबैभन्दा पेचिलो प्रश्न नै बनेको छ कि— हात्ती किन बस्तीमा पस्छ ? कञ्चनपुरको सुन्दरीदेवी मध्यवर्ती वन उपभोक्ता समितिका अध्यक्ष भरत विष्ट परम्परादेखि हात्तीले विचरण गर्ने जैविक मार्ग मासिनु नै हात्ती बस्ती पस्नुको मुख्य कारण रहेको बताउँछन्।‘मुख्य कारण नै हात्तीले परम्परागत रूपमा हिँड्ने बाटो मासेर बस्ती बस्नु हो,’ विष्टले भने, ‘वर्षौंसम्म पनि हात्तीलाई उसका पुस्ताले हिँडिरहेको बाटो सम्झनामा हुन्छ। हात्ती हिँड्ने बाटो पुस्तान्तरण हुँदै जान्छ। जलवायु परिवर्तनका कारण तराईमा गर्